हजारौं वर्ष पहिले पाकिस्तानको लाहोरबाट तपस्या गर्दै अर्घाखाँचीको खिदिममा आएका पाणिनी ऋषिले पणेनाको लेकमा तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेका थिए ।
पाणिनी तपोभूमि क्षेत्र विश्व भाषा सम्पदाको प्रमुखस्थल हो । यसै क्षेत्रमा आएर पाणिनी ऋषिले तपस्या गरेपछि भगवान् शिव खुशी भई अ, ई, उ, ऋ, लृ, ए, ओ आदि चौध सूत्रको स्वर निकालेको र ती चौध सूत्रबाट संस्कृत ब्याकरणको रचना गरेको भन्ने धार्मिक मान्यता छ । यस क्षेत्रको प्रचार–प्रसार गर्न सके विश्वकै एउटा धार्मिक पर्यटकीयस्थलको रूपमा विकास गर्न सकिन्छ । यसको प्रचार प्रसारका लागि विश्व भाषासँग सम्बन्धित सबै लाग्नुपर्ने स्थानीय शिक्षक पुस्कर पोख्रेल बताउँछन् । विश्वकै प्राचीन भाषा उत्पत्तिस्थल प्रचार–प्रसार हुन नसक्दा पछि परेको उनी बताउँछन् ।
अर्घाखाँचीको पूर्वमा रहेको पाणिनी गाउँपालिका–१ मा तपोभूमि पर्दछ । त्यस तपोभूमिमाथि डाँडाबाट उत्तर फर्कंदा हिमालयका हिम शृङ्खला, दक्षिणतर्फ तराईका फाँट अनि कालिज, चित्तल लगायतका पंछीहरू देख्न सकिन्छ छ । अर्घाखाँचीको पोखराथोक र पाल्पाको तीनगिरेबाट केही मिनेट उकालो हिँडेपछि यस क्षेत्रमा पुग्न सकिन्छ । उक्त क्षेत्र पाणिनीले तपस्या गरेको र व्याकरण उत्पत्ति भएकोे भन्ने विभिन्न प्रमाण भएको संस्कृतविज्ञ बताउँछन् ।
हाल सो ठाउँमा एउटा पोखरी निर्माण गरिएको छ । त्यहाँका मन्दिर, पौवा जीर्ण हुने अवस्थामा छन् । मठमन्दिर बनाउनका लागि प्रदेश ५ का जिल्ला पाल्पा, गुल्मी, कपिलवस्तु, रूपन्देही, नवलपरासी, अर्घाखाँचीलगायत भारतीय नागरिकले सहयोग गरेका छन् । पाणिनी तपोभूमिमा हरेक वर्ष जेठ महिनामा ठूलो मेला लाग्ने गर्छ ।
Short video clip
Daju nepali ma lekheko post lai pani google le approve garxa?
ReplyDeleteYes garxa after monetize
ReplyDeletesunnuna yo blogger I'd kasari banaune ani kasari article lekhara earn garni paisa
Delete